काँग्रेसद्वारा डा. पौडेल सम्मानित

पोखरा, कात्तिक ३ गते । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएच्डि गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ ।पोखरा २२ पुम्दीभुम्दीका जन्मेका पौडेलले नेचर मेनेजमेण्टमा पिएच्डि गरी पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उहाँलाई सम्मान गरिएको हो । पौडेल नेपाली काँग्रेस शिक्षा विभागका सचिव समेत हुनुहुन्छ ।


नेपाली काँग्रेसका अग्रज नेता खेमराज पौडेल, इकाइ समिति सभापति होमबहादुर गुरुङसहित स्थानीयले डा. पौडेललाई सम्मान गर्नुभयो । कार्यक्रममा अग्रज नेता खेमराज पौडेलले इच्छा शक्ति र शाहसले मानिस सफल हुने बताउनुभयो । उहाँले समाजका लागि ठूलोभन्दा असल मानिस आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सम्मानित व्यत्तित्व कृण्णप्रसाद पौडेलले सम्मानले आफूलाई उत्साहित बनाएको बताउँदै आफ्नो विज्ञतालाई समाजको हितमा उपयोग गर्ने बताउनुभयो ।नेपाली काँग्रेस कास्कीका प्रवत्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जनताले काँग्रेसबाट अपेक्षा गरिरहेको भन्दै जनताको अपेक्षालाई सम्वोधन गर्ने योजना आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं ३(ख) कास्कीका सभापति प्रकाश बरालले भाषण भन्दा पनि जनताको जीवन सुधारका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यस अवसरमा नेताहरु राजबहादुर गुरुङ, देउकाजी गुरुङ, सु. लोकबहादुर गुरुङ, नेतृ चन्द्रकुमारी विक, भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङ घडेरी टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम पौडेल, स्थानीय धु्रवराज पौडेलले बोल्नुभएको थियो । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समितिका सभापति होमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव मिलन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...