नेपालमा एकै दिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ५ गते । नेपालमा कोरोना भाइरसका पाँच हजार ७४३  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४४ हजार ८७२ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।हाल ४४ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि हाेमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् । क्वारेन्टिनमा चार हजार ६५  जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ९९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९९ हजार ६०५  जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...