आस्था राउतको नयाँ गीत “यानी माया”

चर्चित गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।युवापुस्ताको रोजाईमा पर्नुभएकी गायिका राउतले भिडियो सार्वजनीक गर्नुभएको छ । नेपालीहरुको महान पर्व दशैको कोसेली स्वरुप राउतले एल्बम ‘आधार २’ दुई ल्याउनु भएको हो ।

एल्बम समावेश गित ‘यानी माया’ लाई भिडियो सहित म्युजिक नेपालको अफिसियल यूट्यूव च्यानलबाट घटस्थापनाको दिन पारी सार्वजनिक गर्नुभयो । गाँउले परिवेश बिशेष गरि माछा छोप्ने तथा माछिको जाल बुन्ने महिलाको भावनालाई गीतमा प्रस्तुत गरियको छ। सुरेश अधिकारीकै शब्द र संगीत रहेको यो गीतमा संगीत संयोजन महाराज थापाको रहेको छ। आस्थाको गायन तथा स्वर को एउटा छुट्टै ब्रान्ड छ, जसको स्वाद यो गीतमा पनि पाउन सकिन्छ।

 

गीतको भिडियो सुन्दर र शालिन बनेको छ , मोडेललाई गाँउले परिबेशमा साधारण पहिरनमा प्रस्तुत गरियको छ । जसले गीतलाई अझ न्याय गरेको देखिन्छ।उक्त भिडियोमा गौरभ विष्ट, कविता नेपाली, श्रीमला तामाङ र निमा श्रेष्ठले अभिनय गर्नुभएको छ । हिमालयन इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादनमा उक्त गीतको भिडियो तयार भएको हो ।

 

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...