बन्चरोले हानेर छोराले गरे आमाको हत्या

कैलाली,कात्तिक ९ गते । । कञ्चनपुरमा बन्चरोले हानेर छोराले आमाको हत्या गरेका छन् ।जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ६० वर्षीया आमा पार्वतीको बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शनिबार राति घरायसी विवाद हुँदा छोराले आमालाई बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।छोराको आक्रमणबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।आमाको हत्या गरेका पप्पुलाई नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाइएको उनले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...