पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा थप एक जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण स्याङजा जिल्ला वालिङ नगरपालिकाका ५ का ७० बषीय महिलाको मृत्यु भएको हो ।
कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ८ः३५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसियुमा उपचारका क्रममा निधन भएको हो । उहाँमा कार्तिक ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि प्रतिष्ठानको आईसियुमा उपचाकरा लागी भर्ना हुनुभएको थियो । योसंगै प्रतिष्ठानमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।