प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न – डाक्टर केसीसँग कुरा नगर्ने ? कात्रो पठाउने तयारी हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीसम्म गठन नगरेर बालहठ देखाएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डाक्टर केसी अनसन बसेको २४ दिन हुँदा पनि सरकारले वार्ता समिति गठन नगरेको बताएका हुन्।

प्रवक्ता शर्माले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीले डाक्टर केसीको सत्याग्रहसमेत नसुनेको बताएका हुन्। ‘डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारको बालहठ यहाँलाई महँगो पर्नेछ, प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा। केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भूल किमार्थ नगरियोस् ‘ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीमा संवाद मार्फत समस्याको समाधान खोज्ने लोकतान्त्रिक संस्कार नभएको कांग्रेसको आरोप छ ।

डा. केसीको स्वास्थ्य बिग्रँदै गएको अवस्थामा सरकारमाथि उनका माग पूरा गर्न दबाब बढिरहेको छ । सरकार र सत्तारुढ दल नेकपाले भने अनशन अन्त्य गर्नका लागि डा। केसीलाई आग्रह गर्दै आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...