गोरखा, २२ असोज । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री केपी ओली तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत आयोजनाबाट ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेका आरोप लगाउनुभएको छ ।
विहीबार (आज) पालुङ्टार नगरपालिका वडा नम्बर ६ पौवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तीन प्रधानमन्त्रीले अर्बौको भ्रष्टचार गरेका आरोप लगाउनुभएको हो । उहाँले तीन प्रधानमन्त्रीले गरेका अर्बौंको भ्रष्टचारको प्रमाण पेश गर्नसमेत आफू तयार रहेको बताउनुभएको छ ।
केही आयोजनाबाट अर्बौंको कमिशन खाएर मुखमा बुझो लगाएर बसेको बताउँदै चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएका कारण अहिले यस्तो दुर्दशा भएको उहाँले आरोप लगाउनुभयो ।
यसका साथै, उहाँले केपी ओलीसँगको संगतले पुष्पकमल दाहाल धुरुधुरु रोएर बसिरहेको पनि आरोप लगाउनुभएको छ ।