गण्डकीमा होम आईसोलेसनमा बसेका एक पुरुष र एक महिलाको मुत्यु

पोखरा, कात्तिक १६ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपरासी जिल्ला कावासोती ६ का ६७ बर्षिय पुरुष र गैडाकोट २ का ७७ बर्षिय महिलाको होम आइसोलेशनमा शनिबार मृत्यु भएको हो ।

उहाँको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मिको निगरानिमा घर परिवारले नै दाहसस्कार गरेको जानकारी स्वास्थ्य कार्यालय प्रमुखबाट जानकारी प्राप्त भएको जनाइएको छ । यसैगरी पोखरा महानगरपालिका ९ का ६२ बर्षिय महिलाको समेत पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान शनिबार बिहान मृत्यु भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...