गण्डकी प्रदेशमा आइतबार बिहानै १८८ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

पोखरा, कात्तिक १६ गते ।गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । शुक्रबार अहिलेसम्मकै २६९जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार स्वास्थ्य निर्देशनालयले संक्रमितको संख्या अपडेट गरेन् । निर्देशनालयले आइतबार विहानै लगातार पाँच विज्ञप्ति जारी गदै संक्रमितको संख्या सार्वजनीक गर्यो ।

 

आइतबार बिहान नौ बजेसम्म गण्डकी प्रदेशमा १८८ जनामा संक्रमण पुष्टि भैसकेको छ भने होमा आइसोलेसनमा बसेका एक पुरुष र एक महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या बढदो क्रममा छ । पोखराका हस्पिटलमा आइसियुमा बेड भरिएका छन् । उपचारका लागि समेत नागरिकले समस्या भोेग्नुपर्ने अवस्था देखिएको छ ।

१.क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमित ।
२.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमितहरु
३.लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा। लि।, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४९ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र
४.क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५२ जना संक्रमितहरुको विवरण रहेको छ ।
५.चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमितहरुको विवरण रहेको छ्र ।

दुखद जानकारी:-
नवलपरासी (ब.सु.पु.) जिल्ला, कावासोती-६ का ६७ बर्षिय पुरुष र सोहि जिल्ला गैडाकोट-२ का ७७ बर्षिय महिलाको होम आइसोलेशनमा २०७७/०७/१५ गते दुखद निधन भएको छ। निजहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मिको निगरानिमा घर परिवारले नै दाहसस्कार गरेको जानकारी स्वास्थ्य कार्यालय प्रमुखबाट जानकारी प्राप्त भएको छ । यसैगरी पोखरा महानगरपालिका-९ का ६२ बर्षिय महिलाको समेत पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा मिती २०७७/०७/१५ गते नै दुखद निधन भएको छ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...