सहयोग गर्न धन हैन मन चाहिन्छ, जन्मदिनमा रेखाको सहयोग

पोखरा, कात्तिक २३ गते । समाज सेवा गर्न धन हैन, मन चाहिन्छ । सेवा गर्ने भाव भए सहयोग गर्ने हात जति पनि पाइन्छ । त्यस्तै उदाहरण बनेकी छन् रेखा लोप्चन । उनी अरुको दुःख देख्न सक्दिनन् ।त्यसैले सामाजिक सञ्जाल फेसबुकबाट आर्थिक सहयोग संकलन गरेर दुःखी, असहायहरुलाई सहयोग गर्छिन ।

त्यसैले उनले आफनो जन्मदिनमा फर्जुल खर्च गरेर हैन्, विद्यालयलाई आर्थिक सहयोग गरेर मनाइन् । अभियान्ता रेखा लोप्चनले गोरखा नगरपालिका ११ तेह«किलोको चन्द्रज्योती आधारभुत विद्यालयका लागि आर्थिक सहयोग गरिन् । आईतवार एक कार्यक्रमका बिच देश तथा बिदेशमा रहेका दाताहरुले पठाएको ७८ हजार एक रुपैयाँ उनले विद्यालयलाई हस्तान्तरण गरेको बताईन ।

उक्त रकमले विद्यालयमा अक्षयकोष स्थापना गर्ने गरी हस्तान्तरण गरेको हुँ’ उनले भनिन् ‘अक्षयकोषबाट आएको ब्याजले विद्यालयले त्यहाँ पढ्ने असाहाय विद्यार्थीको शैक्षिक स्तरवृद्धीमा खर्च गर्नेछ ।’ नबिन सुनारले दुवईबाट २० हजार, दुर्गा लामिछाने गुरुङले पोखराबाट १० हजार एक, अर्का एक ब्यक्तिबाटबा १० हजार, इन्द्र लिम्बु, रमेश भण्डारी, जितेन्द्र श्रेष्ठ, गोपाल श्रेष्ठ, बसन्ती तामाङ, रोशन गुरुङ, सञ्जित मोक्तान, रामबहादुर कुँवरले पाँच÷पाँच हजार सहयोग गरेका छन् ।


आफ्नो जन्मदिनको अवसर पारेर आईतवार संकलित उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेको अभियान्ता लोप्चनले बताईन । यस अघि पनि उनले बिभिन्न सामाजिक कामको अनुवाई गर्दै आएकी थिईन । समाजसेवामा निरन्तर लाग्ने आफ्नो इच्छा रहेको उनले बताईन ।जन्मदिनकै अवसर पारेर गोरखा नगरपालिका ११ कि ८० वर्षिय एकल महिला मनकुमारी परियारलाई नगद १० हजार एक रुपैयाँ प्रदान गरेको अभियान्ता लोप्चनले बताईन ।

 

कार्यक्रममा वडा अध्यक्ष रामबहादुर खड्का, विद्यालयका प्रधानाध्यापक प्रीतशा अधिकारी, स्थानीय कृष्ण प्रसाद लामिछाने, नेकपा जिल्ला सदस्य उदयनन्द सिम्खडा, बिमला श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...