ढकमक्क सयपत्री फुल तर नबिक्ने चिन्ता

कोरोना महामारी र ढिला तिहारको प्रभाव

एकराज  गिरी /पोखरा, कात्तिक २६ गते । गतवर्ष तिहारमा फुल किन्न आउनेको भिड लाग्यो । फुल पुगेन । आधा रोपनीमा लगाएको फुलले तीनमै सक्कियो र २८ हजार नाफा भयो । त्यही सम्झेर पोखरा महानगरपालिका २९ की ज्योति बस्नेतले यस वर्ष तीन रोपनीमा फुलखेती गर्नु भयो । तीन रोपनीमा सयपत्री फुल ढकमक्क फुलेको छ ।

तर उहाँलाई अहिले फुल नबिक्ने होकी भन्ने चिन्ताले सताएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणले फुलको खपत कम हुने हो की?भन्ने चिन्ता उहाँमात्रै हैन् अन्य फुल किसानलाई पनि भएको छ । गतवर्ष यति बेलातिहार सक्किएको थियो । तर यस वर्ष अझै तिहार आउन एक साता बाँकी छ । फुल कात्तिक पहिलो सातानै फुलिसकेको थियो । एकातिर कोरोनामहामारी अर्को तिर तिहार ढिला हुदाँ फुल खपत नहुने चिन्ताले सताएको हो ।


कोरोनाले घर परिवारमा मात्रै चाडपर्व सिमित भएका छन् उहाँले भन्नुभयो,‘विगतवर्ष जस्तो सहज छैन । घरमा फुल लिन आउनै मान्छे डराउन छन् । कसरी बेच्ने ? ।’आफनो बारीको फुल कहाँ र कसरी बेच्ने भन्दै उहाँले पोखरा महानगर कुषि महाशाखा प्रमुख मनहर कडरियालाई समेत फोन गर्नुभयो । उहाँले फोन गरेपछि प्रमुख कडरिया फुलबारीमै पुगेर अवलोकनगदै प्रवद्र्धनका लागि प्रचार गरिदिने बताउनुभयो । महाशाखाप्रमुख कडरिया भन्नुहुन्छ, ‘यस वर्ष फुलको खपतकमहुने देखिन्छ । हामीले यस पटक विउमात्रै सहयोग ग¥यौ । विगतमा जस्तो बजेट व्यवस्था थिएन् ।’ उहाँले पोखरामा विगतमा भन्दा कम फुलखेती भएको समेत बताउनुभयो ।

 

अहिलेको अवस्था हेर्दा फुलखपत समेत कम हुने देखिन्छ उहाँले भन्नुभयो, ‘त्यहीभएर सरकार यहीको फुलले माग पुरा गर्ने र बाहिरबाट आयात नगर्ने भनेको छ ।’त्यस्तै पोखराको न्यूरोडमा रहेको ग्रीन फलोराले गतवर्ष यतिबेला सम्म ५ लाखकको सयपत्री फुलबिक्री गरेको थियो । तर अहिले पसल सुनसान छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...