हाम्रो कास्कीकोट युवा सञ्जालको चौथों बार्षिकोत्सबमा रत्तदान

पोखरा, कात्तिक ३० गते । समाज उपान्तरणको लागि अग्रणी भूमिका खेलिरहेको हाम्रो कास्कीकोट युवा संजालले बिबिध कार्यक्रम गरि चौथों बार्षिकोत्सब सप्ताह सम्पन्न गरेको छ ।बार्षिकोत्सबको अबसरमा संजालले कास्कीकोटममा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट, दरवाररगुप्तकालिका मन्दिर, गजल थुम्की, रुमाल झाक्री, कश्यप धाम, कश्यप ताल, कुलमण्डन पार्क आदिको सरसफाई गरेको छ ।


कोबिड १९ ले गर्दा रक्त संचार केन्द्रमा रगतको अभाब भएको अवस्थालाई मध्यनजर गर्दै कास्कीकोटमै पहिलोचोटी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेड्क्रस सोसाइटी कास्की शाखा, क्षेत्रीय रक्त संचार केन्द्रसँगको समन्वय गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । कास्कीकोटका विभिन्न क्षेत्रमा आबद्द २० जना सामाजिक अभियन्ताहरुले रक्तदान गरे । रक्तदान ओम प्रसाद सुबेदी, बालाहरी शर्मा सुबेदी, जागृत भट्टराइ, तेजेन्द्र पौडेल, आशिर्बाद सुबेदी, प्रकास त्रिपाठी, प्राप्ति त्रिपाठी, सोमनाथ अधिकारि, रोशन सुबेदी, बिजय अधिकारि, सोमनाथ भट्टराइ, सन्दिप अधिकारि, परमेश्वर सुबेदी, तिर्थराज सुबेदी, रमेश के।सी, हेम सुबेदी, चन्द्रेश्वर बस्ताकोटी, प्रेम प्रसाद सुबेदी र अर्जुन बहादुर अधिकारिले गरेका थिए ।

निस्वार्थ रुपमा सामाजिक हितका लागि संजालले स्थापनाकालिन समयदेखि समय सान्धर्भिक कार्यक्रम गर्दै आइरहेकोमा खुशी ब्यक्त गर्दै आउदा दिनमा यसलाई बढाउने कुरामा बिश्वास बार्षिकोत्सब समापन समारोहमा वडा नम्बर २४ का अध्यक्ष एवं संजालका आजीवन सदस्य ओम प्रसाद सुबेदीले बताउनुभयो । समापन कार्यक्रममा संजालले सथापनाकालिन समयदेखि संस्थालाई निरन्तर सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसापत्र द्वारा सम्मान गरेको थियो । सम्मानित हुनेमा वडा नम्बर २४ का वडाध्यक्ष ओम प्रसाद सुबेदी, संस्थाका संस्थापकहरु बालाहरी शर्मा सुबेदी र रेशम गिरि , सामाजिक व्यक्तित्वहरु, रमेश कार्की,रामचन्द्र सुबेदी, प्रदिप कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...