कोरोनाले छैन देउसीभैलो, तिहारमा गुलजार हुने सहर बने सुनसान

पोखरा, कात्तिक ३० गते । दशैँमा सहर सुनसान र गाँउमा चलहपहल हुन्थ्यो । तिहारमा गाँउमा हुनेहरु पनि सहर पस्थे र गुलजार हुन्थ्यो । दशैँमा परिवारंग बसेर मनाउन विदेश गएकाहरु फर्केर गाँउनै पुग्थे ।

तिहारमा घर जानैपर्ने बाध्यता भन्दा दिदिबहिनी वा दाजुभाइलाई पाइ पर्ने ठाँउमा टिका लगाउने गरिन्छ ।सहरमा झिलीमिली बत्तीले तिहारलाई रंगीन र रमाइलो बनाउछ ।

तिहारमा समुह समुहमा खेलिने भैलोले गाँउमा भन्दा सहरले सबैलाई लोभ्याउछ । भैलोमा गाँउमा भन्दा सहरमा पैशा धेरै पाइने भएकाले देउसीभैलो खेल्न गाँउबाट सहरमै झर्ने गर्छन् । तर यस पटकको तिहार आएको अनुभुति कसैले गर्न पाएका छैेनन् । एक साता भैली गीत गुञ्जने सहर सुनसान छ । समुह समुहमा विभिन्न पोशासक लगाएर भैलो खेल्न हिडनेहरु अहिले देखिदैन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण चाडपर्व घरभित्रै परिवारसंग मनाउनुपर्ने बाध्यता छ । करिव ९ महिनादेखि देश कोरोना कहरमा छ । समुहमा कोरोना संक्रमण फैलने डर भएकाले भिडभाड हुने गरी कुनै गतिविधि नगर्न सरकारले आग्रह गरेको छ ।

देउसी भैलो खेल्न निषेध गरेको छ । त्यसैले गुलजार सहर सुनसान भएको छ । यस पटक देसीभेलो खेल्ने र हेर्ने रहर रहरमै सिमित बनेको छ । सहरमा विगतमा जस्तो झिलीमिति बत्ति पनि बलेका छैन् । बत्ती बलेपनि उज्यालोको महसुस कमैले गरेका छन् । कोरोनाले चाडपर्व नरमाइलो बनाएको छ । खुशी खोसेको छ । मन खोलेर चाडपर्व मनाउने अवस्था छैन् । आफनो घर परिवार वा आफन्तका कुनैन कुनै व्यक्ति कोरोनाले परिवारसंग अलगीएर बस्नुपर्ने बाध्यता छ । त्यसैले तिहारमा सहर पनि गाँउ जस्तै सुनसान बनेका छन् ।

 

पर्यटकीय शहर पोखरा तिहारमा सुनसान छ । तिहारमा टिका लगाउन विभिन्न देशका पर्यटक पोखरा आउथे । पश्चिमाञ्चल होटल संघले विदेशी पर्यटकलाई तिहारमा टिका लगाएर पर्यटन प्रवद्र्धनको कार्यक्रम गथ्यो तर कोरोनाले यस पटक त्यो कार्यक्रम समेत छैन् । दशैपछि पोखरा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटक तिहारमा रमाउन आउथे । यस पटक भने यहीका मान्छेहरु समेत कोरोनाका डरले गाँउ पसेपछि सुनसान बनेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...