कोरोनाविरुद्ध खोप उत्पादन गर्न पहिलो आवेदन

कृष्णराज खनाल
वोस्टन, अमेरिका । विश्व कोरोन भाइर (कोभिड) १९ बाट अक्रान्त भएका बेला एक दिन अघि मात्र अमेरिक औषधि उत्पादक कम्पनी फाइजले विकास गरेको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृत माग गर्दै अमेरिकी औषधि प्रशासन (एफडीए) समक्ष आवेदन गरे पछि यो कम्पनीका बारेमा धेरैमा चासो बढेको छ ।


विश्वकै सर्वाधिक ठूलो र पुरना मध्येको एक औषधि कम्पनी फाइजर हो । त्यस्तै केही वर्ष अघि मात्र स्थापना भएको वायोटेक कम्पनी मोडर्नाप्रति पनि यतिबेला विश्वको ध्यान आकर्षित भएको छ । यी दुवै कोभिड अर्थात् कोरोनाविरुद्धको खोप निर्माण गर्ने औषधि उत्पादक कम्पनीहुन् र यी दुबै कम्पनीको मुख्यालय अमेरिकाको बोस्टन राज्यमा छ । एफडीएले मेसेञ्जर आरएनप्रविधि मार्फत यी दुई कम्पनीलाई मात्रै खोप निस्काशनका लागि अनुमति दिएको छ यसमा यस्तो स्वीकृत प्राप्त गर्नेमा फाइजर पहिलो हो ।


यी दुवै कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी भएको दावी गरिएको छ । आपतकालीन उत्पादनका लागि फाइजरका पहिलो अवेदन माथि औषधि प्रशासनको विशेषज्ञ सहितको टोलीले यसबारे अध्ययन गरिरहेको जानकारी दिएको छ । उता फाइजरले भने एफडीएले स्वीकृत गरेको केही घण्टामा नै कोरोना बिरामीमा यसको प्रयोग गरिने जनाएको छ । यो स्वीकृत हुन दुइ तीन हप्ता लाग्ने जनाइएको छ । मोडर्नाले पनि आगामी हप्ता यस्तै प्रकारको निवेदन एफडीएसमक्ष दिने जनाइएको छ ।
फाइजरकाे इतिहास
फाइजर १७१ वर्ष पुरानो कम्पनीहो भने मोडर्ना चाहिँ १० वर्ष अघि मात्र स्थापना भएको कम्पनी हो । हारवर्ड नजिकै क्याम्व्रिज सिटीमा मोडर्नाको कार्यालय छ भने यसको करिब २५ माइल पर एन्डोवर भन्ने स्थानमा फाइजरको कम्पनी छ । जहाँ दुइहजार चार सय व्यक्ति काम गर्दछन् । यीदुवै कम्पनी अहिले कोरोनाविरुद्धको खोप निर्माणमा को पहिलो र शतप्रतिशत सफल हुने दौडमा छन् । फाइजर चाहिँ जर्मन कम्पनी वायोनटेकसँग मिलेर सहकार्य गरिरहेको छ भने मोडर्ना चाहिँ एक्लै छ । यी दुइमध्ये को पहिलो होला अहिले भन्न सकिने स्थिति छैन । यिनीहरुले उत्पादन गरेको कोभिड विरुद्धको खोप भने सर्वप्रथम अस्पतालमा अग्रपंक्तिमा रहेर कार्य गर्ने नर्स, डाक्टरलगायतलाई दिइने जनाइएको छ । त्यसपछि मात्र गम्भीर प्रकृतिका बिरामी पर्नेछन् ।


विश्वभर अहिले नौवटा कम्पनीहरु कोभिड विरुद्धको खोप निर्माणमा अग्रपंक्तिमा रहेर र यसको परीक्षण र अनुसन्धानमा रहेका छन् र तीमध्ये अधिकाँशजसो अमेरिकामा छन् । यिनीहरुले पहिलो दोस्रो र तेस्रो चरण पार गरिसकेका छन् । यी दुवै कम्पनीले करिब ७४ हजार मानिसमा खोपको परीक्षण गरिसकेका छन् । एफडीएले स्वीकृत गरेको खण्डमा सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले यो वर्षको अन्तिमसम्ममा दुई करोड मानिसले खोप पाउने जानकारी दिनुभएको छ । उहाँका अनुसार, दुइकरोड ५० लाख फाइजरको खोप र एक करोड ५० लाख मोडर्नाबाट उपलब्ध हुनेछ । एक व्यक्तिकालागि मोडोर्नाको खोप चार हप्तामा दुई पटक र फाइजरको खोप तीन हप्तामा दुई पटक आवश्यक पर्ने भएकोले दुई करोड मानिसमात्रै यसबाट लाभान्वित हुनेछन् । अमेरिकामा अस्पताल क्षेत्रमा काम गर्ने व्यक्तिको संख्या मात्र एक करोड ८० लाख छ ।


वितरण र भण्डारणमा चुनौती
फाइजरले अन्य स्थानमा खोप पठाउँदा विशेष प्रकारको बाकसमा सुक्खाहिउँ राखेर एक हजारदेखि पाँचहजार खोपसम्म पठाउने योजना बनाएको छ । औषधि उत्पादक कम्पनीहरुले यो खोपको असर अवधिकति समयसम्म रहन्छ त भन्ने कुरा भने बताउन सकेका छैनन् । फाइजरलाई एकदमै चिसो स्थानमा अर्थात् माइनस ९४ डिग्री फरेनहाइटमा स्टोरेज गर्नुपर्नेछ भने मोडर्नाले उत्पादन गरेको यो खोप ३६ डिग्रीदेखि ४६ डिग्री फरेनहाइट (साधारणतया घरमाहुने फ्रिजको तापक्रम) मा एक महिनासम्म राख्नमिल्नेछ भने माथिल्लो डिप फ्रिजमा भने छ महिनासम्म राख्न सकिन्छ ।

 

फाइजरले उत्पादन गरेको औषधि भने प्रयोग गर्ने बेलासम्ममा माइनस ९४ डिग्री फरेनहाइट (सगरमाथामा वहने चिसो हावा भन्दापनि दुईगुना बढी चिसो ) स्थानमा राख्नुपर्नेछ । फाउसीका अनुसार, सन् २०२१ को जूनसम्ममा सर्वसाधारण व्यक्ति समक्ष खोप आइपुग्नेछ । तर अत्यन्तचिसो रेफ्रिजेरेटरको आवश्यकता पर्ने भएकोले यसको सर्वसुलभ हुनेमा शंका गर्न भने सकिन्छ ।


नेपाल जस्तो ग्रामीण इलाकाका लागि मात्र होइन, यस किसिमको विशेष चिसो बनाउने रेफ्रिजेरेटरमा औषधि राखेर कसरी हवाइ, स्थलमार्ग वा जलमार्गबाट लैजान सकिन्छ यो उत्पादन कम्पनी र सेवा प्रदायक कम्पनीका लागि पनि ठूलो चुनौती छ । अर्कोतर्फ अन्तिम अवस्थामा पुगेका व्यक्तिलाई यस्ले कस्तो प्रभाव पार्छ भनेर अहिले पनि भन्न सकिएको छैन ।त्यसैले यसको प्रयोग र उपयोग गर्न सहज र सर्वसुलभभने पक्कै पनि छैन ।


अमेरिकी सरकारले मोडर्नालाई एक करोड खोप उत्पादनकालागि दुइ अर्व ४८ करोड डलर सहायता दिएको छ भने फाइजरले भने कुनै पनि आर्थिक सहायता लिएको छैन तर सहकार्य गरिरहेको जर्मन वायोनटेकले भने सोहीमात्राको उत्पादनकालागि एक अर्व नौ करोड डलर लिएको छ । हाल विश्वभर सातअर्व ८० करोड मानिस छन् र यी सबैको जीवन रक्षाका लागि कुनै पनि एक कम्पनीले यति धेरै खोप उत्पादन गर्न असंभवप्राय छ ।


यी दुइकम्पनीले उत्पादन गरेको खोपको विशेषता अरु खोप भन्दा नितान्त भिन्न छ । त्यसैले यसलाई मेसेञ्जर आरएनए भनिन्छ । यसरी दिइएको खोपले शरीरमा भएका राता रक्त कोशिकालाई तेरो शत्रु यस्तो यस्तो स्थितिमा छ भनेर सूचना दिन्छ र त्यहीनिर्देशन अनुसार राता रक्त कोशिकाले लडेर कोरोनाको भाइरसलाई समाप्त गरेपछि मानिस निरोगी हुन्छ ।

साभार गोरखापत्र अनलाइन

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...