पोखरामा प्याराग्लाईडिङ दुर्घटना,पाइलट नेपालीको मृत्यु

पोखरा, मंसिर ८ गते । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । सोमबार पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटना हुदाँ प्याराग्लाइडिङ पाइलट पोखरा महानगरपालिका(२८ कालिका घर भई ६ लेकसाईड बस्ने वर्ष ३८ का राजु गैरे राजु नेपालीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।प्याराग्लाईडिङ पाईलट नेपालीको उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्याराग्लाईडिङमा उडान गरेकी शिला श्रेष्ठ घाइते भएकी छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका दुई बस्ने २८ वषीय श्रेष्ठ घाईते भएको र उपचारार्थ मेट्रोसिटी अस्पताल भर्ना गरिएको छ । उनको अवस्था गम्भिर रहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

 

सराङकोटबाट दिउँसो एक बजेको समयमा उडान गरिरहेका बेला फिस्टेल प्याराग्लाइडिङको प्यारा दुर्घटना भएको हो । पोखरा १८ क्याम्पीङ चोकमा ल्याण्डिङ गर्ने स्थान भन्दा दुई किलोमिटर टाढा दुर्घटना भएको प्रहरीले जनाएको छ । पछिल्लो समय पोखरामा प्याराग्लाईडिङका लागि आन्तरीक पर्यटकको संख्या बढेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...