काठमाडौं,मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्नु भएको छ ।
सामाजिक सुरक्षा दिवस । यस दिवसको अवशरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
सन्देशमा सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव जाति सचेत प्राणी भएको हुनाले सदैव चिन्तित रहेको उल्लेख गर्नु भएको छ ।
सन्देशमा हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेका पनि उल्लेख गर्नु भएकाे छ ।
सन्देशकाे पूर्णपाठ