घर छेउमै स्वास्थ्यचौकी बन्ने भएपछि कास्कीकोटबासीमा खुशी

महानगर प्रमुख जिसीले गरे शिलान्यास, लागत १ करोड २८ लाखमा

पोखरा, मंसिर १४ गते । पोखरा महानगरपालिका वडा नम्वर २४ कास्कीकोटमा स्वास्थ्य चौकी निर्माण हुने भएको छ । नयाँ बन्ने स्वास्थ्य चौकीको शनिबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गर्नुभयो ।तीन रोपनी एक पैशा तीन दामको जग्गामा निर्माण हुने स्वास्थ्य चौकीको लागत १ करोड २८ लाख रहेको छ । आगामी पाँच महिनामा स्वास्थ्य चौकी निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।


स्वास्थ्य चौकी निर्माणका लागि बाबुराम तिमिल्सिनाले दुई रोपनी छ आना एक पैशाख तीन दाम र गुरुदत्त दवाडीले दश आना जग्गा दान गर्नुभएको हो । जग्गा दाता तिमिल्सिना र दवाडीलाय शिलान्यास कार्यक्रममा सम्मान गरिएको छ । महानगर प्रमुख जिसीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख जिसीले नागरिकलाई सर्वशुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वस्थ्य चौकी निर्माण सुरुवात गरिएको बताउदै महानगरका नागरिकलाई आफनै घर छेउमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने जिम्मेवारी र दायित्वलाई महानगरले पुरा गर्ने बताउनुभयो । वडा नं २४ का वडाध्यक्ष ओम प्रसाद सुवेदीले कास्कीकोट क्षेत्रमा स्वास्थ्य चौकीको निर्माणले १८ सय ६५ घरधुरी लाभान्वित हुने बताउनुभयो ।

 

करिब १ करोड २८ लाखमा नेश्नल स्टेट् विल्डर कम्पनी लिसँग ढेक्का सम्झौता भएकोे उहाँले जानकारी दिनुभयो । कास्कीकोट क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको खानेपानीका लागि ‘एक घर, एक धारा’को अवधारणा अघि सारी २ वटा बोरिङ संचालन गरेर १७ सय घरधुरीमा पानी बिस्तार गरेको भन्दै अब ३५ सय घरधुरीमा पानी पु¥याउने कामलाई अघि बढाईरहेको पनि उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले स्वास्थ्य चौकी भवन निर्माणमा र निर्माण पश्चात् पनि स्थानियबासीहरुले रेखदेख गर्ने र सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताउनुभयो । अहिलेको विश्वव्यापी समस्याको रुपमा रहेको कोरना भाईरस कोभिड–१९ मा सबै सजग रहन आग्रह गर्दै केही लक्षण देखिएमा स्वास्थ्य चौकी मार्फत स्वास्थ्य महाशाखामा सुचित गराउन समेत उहाँले सबैमा अनुरोध गर्नुभएको थियो ।

नेश्नल स्टेट् विल्डर कम्पनी लि.का प्रोप्राईटर एवं निर्माण व्यवसायी तिलक पोख्रेलले करिब छ महिना भित्रमा नै काम सम्पन्न गर्ने प्रबिद्धता व्यक्त गर्नुभएको छ । भवन निर्माणमा सम्बन्धित निकाय, वडा एवं स्थानियबासीहरुको सहयोग अपेक्षा रहेको भन्दै निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको उहाँको भनाई थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कुस्मराज सुबेदीले गर्नुभएको थियो ।

करिब १० बर्ष अगाडी नै स्वास्थ्य चौकी भवन निर्माणको लागि सो जग्गा हस्तान्तरण गरिएकोे थियो । तर केही प्राविधिक कारणले गर्दा भवन निर्माण हुन सकेको थिएन् । हाल जग्गा सम्बन्धि सबै प्रकृया पूरा भै निर्माण कार्य अघि बढेको जग्गादाता गुरुदक्त दवाडीले बताउनुभयो । ‘हिजोको भन्दा आज कास्कीकोटले मुहार फेरेको छ, उहाँले भन्नुभयो, विकासका पूर्वाधारले यहाँका बासिन्दालाई सहज बनाउने र स्वास्थ्य चौकीलाई स्तरोन्नत्ति गर्दै प्राथमिक स्वास्थ्य केन्द्र बनाउनेमा जोड दिनुपर्दछ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...