पुल उद्घाटनका विषयमा नेकपा र काँग्रेस बीच तनाव, निषेधाज्ञा जारी

तनहुँ, मङ्सिर १७ गते । तनहुँमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस बीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएपछि तनाव भएको छ ।


व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको हो ।

युवा सङ्घले नाराबाजी गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो र दमौलीमा मोटरसाईकल ¥याली गरेको थियो । यता नेपाली काँग्रेस निकट नेपाल तरुणदले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गर्न लागेपछि झडप हुने स्थिति आएको थियो ।

स्थिती तनाव भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार दिउँसो निशेधाज्ञा जारी गरेको छ । जनाएको नगरीकन सम्भव नभएकोले दुइ पार्टीले सम्झाउँदा नमानेपछि झडप हुने अवस्था देखेर निषेध आज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

स्थिति तनावपूर्ण भएपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । उक्त परिस्थितीलाई सामान्य बनाई शान्ति सुरक्षा कामय गर्ने स्थानीय प्रशसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम बुधबार दिउसो १२ बजे देखि साँझ ६ बजेसम्म पुल वरवरको क्षेत्रमा निशेष आज्ञा गरिएको प्रशासनले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...