गरिमा विकास बैंकको अध्यक्षतामा बस्याल

पोखरा, माघ ३० गते । गरिमा विकास बैंकको १४ औं बार्षिक साधारण सभाले श्यामप्रसाद बस्यालको अध्यक्ष नयाँ संचालक समिति चयन गरेको छ । पोखरामा शुक्रबार सम्पन्न भएको उक्त साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि बस्याल सहित ६ सदस्य संचालक समितिमा चयन भएका हुन् ।


अन्य संचालक समितिको सदस्यहरुमा संस्थापक तर्फबाट डा.आनन्द प्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ र सर्वसाधारण तर्फको शेयर सदस्यबाट संजिव ढकाल, सरस्वती पाठक र विमल पाण्डे चयन भएका छन् । निवर्तमान अध्यक्षमा चन्द्रकान्त बराल रहेका छन्।

संस्थाको ५४ अर्ब ५१ करोड निक्षेप रहेको छ भने ४६ अर्ब ८५ करोड कर्जा लगानी भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । संस्थाको हालसम्म १ सय ६ शाखामा ९ सय ६ जना कर्मचारी रहेको बैंकले जनाएको छ । उक्त साधारण सभाले १३.५ प्रतिशत वोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...