पत्रकार रेग्मीलाई पितृ शोक

पोखरा, फागुन २० गते । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य पत्रकार पदम रेग्मीलाई पृति शोक परेको छ ।

उहाँ पिता शेषकान्त रेग्मीको बिहिबार विहान निधन भएको हो । उहाँको ११ः०० बजे ९० बर्षको उमेरमा पोखरा–१२ फूलबारी स्थित आफ्नै निवासमा निधन भएको हो ।

 

स्व. बुबाको बिहीबारै पोखराको रामघाटमा अन्त्येष्टि गरीएको छ । नेपाल पत्रकार महासंघ कास्कीले एक विज्ञप्ति जारी गदै दुःख ब्यक्त गरेको छ ।

 

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस दुखद् घडीमा नेपाल पत्रकार महासंघ कास्की बुबाको आत्माको चीरशान्तिको कामना गदै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ साथै पत्रकार पदम रेग्मी सहित सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...