महिला उत्थान केन्द्रको अध्यक्षमा कार्की 

पोखरा, चैत १ गते ।पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेस्थित बेलचौताराको समाज सुधार तथा महिला उत्थान केन्द्रको ८ औं अधिवेशनले लक्ष्मी कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

केन्द्रको उपाध्यक्षमा कल्पना भण्डारी, सचिव सकुन्तला भण्डारी, सहसचिव लक्ष्मी भण्डारी, कोषाध्यक्षमा शर्मिला अधिकारी चयन भएका छन् । सदस्यमा इन्द्रादेवी रेग्मी, शंकरदेवी पौडेल, तारादेवी थापा, शान्ति महत, जमुना सापकोटा, कल्पना केसी, देवी गिरी सर्वसम्मत चयन भएका छन् ।

यसअघि संस्थाको अधिवेशनको उद्घाटन सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्कीले गरेका थिए । कार्कीले समाज सुधार तथा महिला उत्थान केन्द्रलाई २५ हजार सहयोग गरेका

थिए । संस्थाका अध्यक्ष लक्ष्मी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा चाउथे बहुउद्देश्यीय संस्थाका अध्यक्ष खड्गबहादुर कार्की, बेलचौतारा टोल विकास संस्थाका अध्यक्ष आनन्द श्रेष्ठ, परोपकार मिलन केन्द्रका अध्यक्ष रामकृष्ण थापा, संस्थाका सल्लाहाकार कमला कार्की, उपाध्यक्ष कल्पना भण्डारी, सचिव सकुन्तला भण्डारी लगायतले संस्थाको बारेमा बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...