यस कारण आबश्यक छ खानीजन्य उत्खनन

संकल्प ढुंगाना ‘प्रतीक’

प्रारम्भिक वातावरणीय परीक्षण (IEE) र वातावरणीय प्रभाव मूल्यांकन (EIA) को विस्तृत अध्ययन गरेर उक्त अध्ययनको नियमन संगै पुर्ण रुपमा कार्यान्वयन गर्दै खानीजन्य निर्माण सामाग्रीको उत्खनन गर्ने हो भने हाम्रो जस्तो बिकाशोन्मुख देशमा निर्माणको लागि आबश्यक पर्ने ढुंगा, रोडा, बालुवा, काठ, सिमेन्टको लागि आबश्यक पर्ने कच्चापदार्थ आयात गर्नुपर्दैन । अहिले देशभित्रका सम्पुर्ण पूर्वाधार विकासका कार्यहरू नदीजन्य उत्पादनमा आश्रीत छन् तर माग अनुसार निर्माण सामग्रीको पूर्ति हुन सकेको छैन । ठुला पहाडहरु उत्खनन गरेर स्थानीय निर्माण सामाग्री उत्पादन हुँदा निर्माण कार्य सर्बशुलभ हुन्छ ।

 

बिदेश निर्यात गर्नै पर्छ भन्ने नि छैन, देशभित्रै निर्माण सामग्रीको ठुलो माग रहेको हुँदा आयात बन्द गरेर देशभित्रै सहज उपलब्धता गर्ने हो भने खानीजन्य निर्माण सामग्रीको उत्पादन राज्यलाई आर्थिक संवृद्धिको आधार बन्न सक्छ। नेपालमा रेलको लिगमा बिछ्याउने गिटी, सिभिल ल्याबमा आबश्यक पर्ने बालुवा समेत राजस्थानबाट आयात गर्नुपर्ने बाध्यता छ । हामी प्राकृतिक श्रोत साधनमा धनी छौ भनेर मात्र भएन त्यही प्राकृतिक श्रोत साधनलाई उचित प्रयोगमा ल्याउनुपर्ने पनि छ । ठुलाठुला उद्योग, कलकारखानाबाट हानिकारक ग्यास फालेर बाताबरण प्रदूषण गर्ने समृद्द र बिकासशिल राष्ट्रका आई.एन.जियो. अव्यवहारिक बाताबरण संरक्षणका रटान सुनेर हाम्रो राष्ट्रको बिकास र समृद्धि सम्भव छैन । चुरे पहाडको संरक्षण हुनुपर्छ यसमा दुई मत छैन तर हामीसंग चुरे भन्दा ठुला ठुला पहाडहरु पनि छन् जसको बाताबरणिय प्रभाव मुल्यांकन गरेर जमिन सतह देखि नै नियम संगत उत्खनन गरेर निर्माण सामाग्री उत्पादन गर्नुपर्छ ।

 

खेतीयोग्य जमिनमा हुने अव्यवस्थित बसोबास र प्लटिङ कार्य अन्त्य गर्नको लागि पहाड कटान गरेर बनेको समथर भुभागमा ब्यबस्थित स्मार्ट सिटि बनाउनुपर्छ । चुरे लगायतका क्षेत्रमा हुने चोरी निकासी पुर्ण रुपमा बन्द गरिनुपर्छ । हामीले संरक्षण र सम्बर्द्धनको रटान मात्र गर्नाले नै हाम्रो निर्माण कार्य महँगो परेको छ । तत्काल हेर्दा सस्तो देखिने हुँदा हामी बिदेशबाट अलकत्रा आयात गरेर १० देखि १५ बर्ष आयु हुने कालोपत्रे सडक निर्माण गर्छौ । कालोपत्रेको सट्टा हाम्रै सामाग्री उत्खनन गर्ने हो भने ४० देखि ५० बर्ष आयु हुने ढलान बाटो सर्वसुलभ लागतमा निर्माण गर्न सकिन्छ । बैज्ञानिक बन ब्यबस्थापन भन्दै सालका रुखहरु नकाटी बनमै कुहिन दिदा सयौं बर्ष टिक्ने औराख पसेका काठका निर्माणहरु समेत आयातित आल्मुनियम र कन्कृटबाट निर्माण गर्न बिबश छौ ।

 

ब्यबस्थित तरिकाले गर्ने खानीजन्य उत्खनन गलत देख्ने हामिले नदि दोहनले बाताबरणमा पारेको प्रभावलाई ध्यान दिदैनौ । बर्सेनि हुने नदि दोहनले नदि deep scouring हुँदै बाढीपहिरोलाई प्रसय दिएको छ, नदि दोहन बाहेकको विकल्प निर्माण सामाग्रीको आयात यात त निर्माण सामाग्री जन्य चट्टाने पहाडको उत्खनन नै हो । आयात गरेर बिकास निर्माण महँगो हुनेछ जसले गर्दा हामिले परिकल्पना गरेको विकसित मुलुकको परिकल्पना तत्कालै असम्भव छ । हरेक प्रदेश सरकारले ब्यबस्थित तबरले आफ्नै लगानीमा पहाड उत्खनन गरेर निर्माण सामाग्री उत्पादन गर्नुपर्छ, यसो गर्दा निर्माण सामाग्री सस्तो हुन्छ बिकास निर्माणको लागत कम हुन आउँछ अनि थोरै लगानीमा धेरै बिकास गर्न सकिन्छ । नीति नियम कडा बनाउनुपर्छ ।

गलत गर्नेलाई सजाय हुनैपर्छ तर यदि हामी साच्चै सम्मुन्नत, समृद्ध र विकसित राष्ट्रको परिकल्पना गर्ने हो भने पेट्रोलियम पदार्थ मात्र बेचेर समृद्ध भएका मरुभूमि राष्ट्रबाट सिकेर भएनि हाम्रा खानीजन्य निर्माण सामाग्रीको उत्खनन र उत्पादन, फलाम, युरेनियम, कोइला, तामा लगायतका बहुमुल्य धातुहरुको उत्खनन गरेर निर्यात गर्नुपर्छ । कस्तुरीले आफ्नै नाभिमा भएको बास्ना खोज्दै अन्यत्र दौडन्छ हामी नेपाली कस्तुरी जस्तै छौ अब आफ्नै शरीरको सुगन्धको उचित प्रयोग गर्ने समय आईसकेको छ । अझै पनि हामी हाम्रो प्राकृतिक सम्पदालाई उपयोग नगरेर कति ‘भिल्लको देशमा मणि’ बनाउने हो !

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...