पब्जी गेमको विश्वस्तरीय प्रतियोगितामा डीआरएस, जितेको रकम परोपकारी सेवामा खर्चिने योजना

काठमाडौं । आउँदो जूलाई २२ देखि चार दिनसम्म सञ्चालन हुने पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ मा विश्वका शीर्ष टिमहरुले प्रतिस्पर्धा गर्दै छन् । नेपालकाे चर्चित पब्जी माेबाइल टिम डीआरएस गेमिङलाई साे प्रतियाेगितामा खेल्नका लागि निमन्त्रणा गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाए बापत ५ लाख रुपैयाँ बराबरको रकम डीआरएसले प्राप्त गर्ने भएको छ । यसैबीच प्रतियोगितामा जीत हासिल गरेको खण्डमा प्राप्त हुने रकम परोपकारी सेवामा खर्च गर्ने योजना रहेको डीआरएसले जनाएको छ ।

यो प्रतियोगिताको कूल पुरस्कार राशी ३० लाख अमेरिकी डलर (करिब ३५ कराेड ७३ लाख रूपैयाँ) रहेको छ । जसअन्तर्गत पीएमडब्लूआई इस्ट र पीएमडब्लूआई वेस्ट गरी ३२ देशका पब्जी मोबाइल टिम सहभागी हुनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...