गोरखाको चुमनुब्रीबासीलाई झुक्यायो प्रदेश सरकारले

मुख्यमन्त्री पुगे तर खोप पुुगेन

पोखरा, साउन १ गते ।गण्डकी प्रदेश सरकारले गोरखाको चुमनुब्री बासीलाई झुक्याएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना विरुद्ध खोप लिएर चुमनुव्री पुगेको समाचार सार्वजनीक गर्यो । गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको बताएको थियो ।

चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेको र आवश्यक खोप लिएर गएको समाचार मुख्यमन्त्री कार्यालयबाट सार्वजनीक भएको थियो ।खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्रीसमेत लगेको बताइएइको थियो । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा.दामोदर रेग्मी गएको बताइएको थियो ।

 

माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् खोप चुमनुब्री पु¥याइएको भनिएको थियो । यता गोरखाको चुमनुब्रीमा स्वास्थ्य सामग्री लिएर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली शुक्रबार पुगेर फर्केको दावी गदै दिउसो नै समाचार आएको थियो ।यता आजै साँझ पोखराबाट हेलिकोप्टर उडे पनि गोरखाबाट अर्को हेलिकप्टर उड्न नसकेका कारण भेरोसिल खोप लैजान आज सम्भव भएको भन्दै समाचार सार्वजनीक गरिएको छ । माउन्टेन चाइल्ड संस्थाको सहयोगमा चुमनुब्रीमा हेलिकप्टरबाट खोप लैजान लागिएको हो । मौसम खुलेलगत्तै खोप उक्त पालिकामा लगिनेछ सामाजिक सञ्जालमा गण्डकी प्रदेश पेजबाट खोप पुग्न नसकेको समाचार सार्वजनीक गरिएको छ ।

मुख्यमन्त्री पोखरेल भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...