पर्यटन व्यवसायी गणेश र गोपीबहादुर भट्टराई नेपाली काँग्रेस प्रवेश

पोखरा, भदौ ११ गते ।पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँ राजाको शासनकालमा तत्कालिन पोखरा उपमहानगरपालिकाको उपप्रमुख समेत हुनुभएको थियो । उहाँ बक्सिको अन्तराष्टि मेडलिष्ट समेत हुनुहुन्छ ।

यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, धर्मेन्द्र कुमार वाटाजु, अशोक कुमार भण्डारी, जीवन भट्टराई, ई. विकाश भट्टराई, ई. विशेष भट्टराई, जयराम तिमिल्सिना, सुनिल बहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्याम बहादुर गुरुंग र अमृत ढकाल पनि कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

उहाँहरु सबैलाई प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराउनुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...