प्रतिनिधि सभा बैठकआज बस्दै, एमालेले अवरोध कायमै राख्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसदमा पेश भएको प्रतिस्थापन विधेयक पारित नभएका कारणले सरकारले ‘बजेट होलिडे’ सामना गरिरहेको छ । आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ ।भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधिसभाको नयाँ अधिवेशनमा प्रमुख प्रतीपक्ष नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ ।

सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने तयारी सरकारको छ । यता पमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसादमा आफनो विरोध कायमै राख्ने भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ सांसदलाई बचाउदै पार्टी फुटाउ मतियार बनेको आरोप लगाउदै सांसद बैठक अवरुद्ध गदै आएको छ । आज बस्ने बैठकपनि एमालेले अवरोध गर्ने भएको छ भने सरकारले अवसरोधका वीच बैठक अगाडी बढाउने तयारी गरेको बताएको छ ।

आज ११ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले प्रकाशित गरेको छ । जसमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...