पोखरा, असोज १० गते ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार सम्पन्न निर्वाचनको मतणना भैरहेको छ । पोखरा महानगरपालिका समितिको अधिवेशनको मतगणना अहिले जारी छ ।
शनिबार ९ देखि चार बजेसम्म मतदान भएको थियो रातीबाटै गणना सुरु भएको थियो । दिनभर मतदान भएपछि राति ७ बजेबाट सुरु मतगणना अझै सकिएको छैन । झण्डै ११ सय मत गनिएको छ । हजार गणना हुदाँ सुरेन्द्रमान बिजुक्छेले अग्रता कायम गरेका छन् । उनी ३ सय ५६ मत सहित अगाडी रहेका छन भने उनलाई २९१ मत सहित गंगाधर पराजुलीले पछ्याइरहेका छन् । पराजुली ६५ मतले पछि परेका छन् ।
अधिवेशनमा १३४४ मत खसेको थियो । सभापतिमा ६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । तेश्रो स्थानमा पोखरा ९ का वडा अध्यक्ष समेत रहेका रामराज लामिछानेले १७६, चौथो स्थानम व्यवसायी मिलन तिवारीले १२८, पाँचौ स्थानका पोखरा ११ का वडा अध्यक्ष माोहनप्रसाद बाँस्तोलाले ११० र छैठौं स्थानमा पत्रकार ज्योती हमालले ११ मत प्राप्त गरेका छन । अबको केही घण्टामा अन्तिम परिणाम सार्वजनीक हुने छ ।
उपाध्यक्षमाा प्रयागराज भण्डारी र राजेन्द्र बरालले अग्रता कायम गरेका छन् । सचिवमा गणेशबहादुर थापा र टुबराज बाँस्तोलाको जित पक्का जस्तै रहेको बताइएको छ । सहसचिवमा संघर्ष कोइराला र नरेन्द्र बाँस्तोलाले अन्य प्रतिस्प्रधिलाई पछि पार्दै अग्रता लिएका छन ।