पोखरा, असोज १० गते । नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । बिजुक्छेले ४ सय १४ मत प्राप्त गदै सभापतिमा विजयी भएका हुन् ।
शनिबार सम्पन्न निर्वाचनमा १३ सय ४४ मत खसेको थियो । त्यस्तै उपसभापतिमा . भवसागर बराल र. प्रयागराज भण्डारी विजयी भएका छन् । यता सचिवमा .टुबराज बास्तोला र गणेश बहादुर थापा, सहसचीवमा संघर्ष कोइराला र सन्जय आले निर्वाचित भएका छन् ।