आन्तरिक पुजिंलाई उचित ढंगले परिचालन गछौंः मन्त्री बराल

पोखरा, कार्तिक १३ गते । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक पुंजिलाई उचित ढंगले परिचालन गर्ने गृहकार्य सुरु गरेको बताउनु भएको छ । पोखरा चिप्लेढुंगाको सरल बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न भएको १४ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

प्रदेशमा बहुबर्षीय योजनाले दाहित्व बढ्दै जादा आन्तरिक पुंजि समेत बृद्धि गर्नुपर्ने भएकोले त्यसको लागि प्रदेश सरकारले आन्तरिक पुंजि कसरी बृद्धि गर्न सकिन्छ त्यसमा हाल ध्यान केन्द्रित हुन थालेको मन्त्री बरालले बताउनु भएको छ । सहकारीको नाम अनुसार काम र सहकारीका ७ सिद्धान्त अनुसार काम गरेमा तीन खम्बे अर्थ निती अनुरुप सरकारलाई समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

सहकारीका अध्यक्ष निर्मल प्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेप्स्कुनका पोखरा फिल्ड कार्यालयका प्रमुख यमकला पौडेल, सिएमसी कास्कीका अध्यक्ष अपिल कोइराला, कास्की बचत संघका सचिव इश्वर प्रसाद सुवेदी, जिल्ला सहकारी संघका कास्कीका बरिष्ठ उपाध्यक्ष छवि लामिछाने, सहकारीका उपाध्यक्ष सरस्वती श्रेष्ठ, सचिव इन्द्र बहादुर कार्की लगायतले बोलेका थिए ।

सहकारीमा ९ सय ७१ जना शेयर सदस्य रहेका छन भने १७ करोड २१ लाख २१ हजार सम्पत्ति रहेको छ । संस्थाले गत बर्ष भन्दा यस बर्ष ९३ प्रतिशतले जगेडा कोष बृद्धि गरेको छ । ४ लाखबाट संस्थाले बृद्धि गरी करिब ८ लाख जगेडा कोषमा बृद्धि गरेको व्यबस्थापक हरि प्रसाद पन्थीले बताउनु भयो । संस्थाले करिब ११ करोड ऋण लगानी गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...