समदर्शी महिला सहकारीको अध्यक्षमा मैनादेवी

पोखरा मंसिर १३ गते ।पोखरा महानगरपालिका – २ नयाँ बसपार्कमा रहेको समदर्शी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मैनादेवी रावत चयन हुनभएको छ ।

पोखरामा सम्पन्न १२ औं साधरणसभा तथा चौथो अधिवेशनबाट रावतको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
नव गठित समितिको उपाध्यक्षमा प्रमिला ताम्राकार तुलाचन, सचिवमा रिकमाया गुरुङ, कोषाध्यक्षमा कृष्णमाया घिमिरे रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा तारा बि.क., कृष्णमाया पौडेल, यज्ञ पोखरेल, कमला बराल, संजिता शर्मा चयन हुनुभएको उपाध्यक्ष प्रमिला ताम्राकार तुलाचनले जानकारी दिनुभयो ।

यस अघि साधारणसभाको उद्घाटन सत्रमा बौल्दै प्रमुख अतिथि जिल्ला सहकारी सघं कास्कीका वरिष्ठ उपाध्यक्ष छबिलाल लामिछानेले शेयर पूँजीलाई भन्दा बचत लाई बढि जोड दिनुपर्ने बताउनुभयो ।

संस्थाका सेयर सदस्य तथा नेतृ दुर्गाकुमारी बिकले महिलाहरुले मात्र सञ्चालन गरेको सहकारी भएकाले नमुना सहकारी बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख नरेश पाण्डे, जिल्ला सहकारी संघका सञ्चालक चन्द्रकुमारी पराजुली, सस्थाको निर्बतमान अध्यक्ष गिताकुमारी पौडेल लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...