चिसापानी प्रगतिशिल कृषि सहकारीको सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशिल कृषि सहकारीको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष मित्रलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै बिश्व मै सहकारीले सिमान्तकृत जनताको जिवनस्तर उकास्ने लक्षका साथ सुरुवात भएको बताउदै हाम्रा सहकारीहरु उत्पादन मुखी हुनुपर्ने बताउनु भएको थियो ।

 

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, सितल बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वरी लम्साल, छिनेडाँडा कृषी सहकारीका अध्यक्ष ओमनाथ सुवेदी, संस्थापक अध्यक्ष कमल बहादुर रेग्मी लगाएतले सहकारीले नाम जस्तै कृषिको क्षेत्रमा प्रगतिशील रूपमा काम गर्दै आएको बताए ।

 

सभाले सहकारीका अध्यक्ष मिनबहादुर बास्तोलाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष दिपेन्द्र राज पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक निल बहादुर केसीले लेखा समितिको प्रतिबेदन पारित गरेको छ ।

 

कार्यक्रममा आर्थिक कारोबार नियमित गर्ने काली गिरी, विद्यार्थीहरु अस्मिता पोख्रेल र अनुभव बास्तोला, उत्कृष्ट कारोबार कर्ता नन्दकली पौडेल, पशुपालन ब्यबसाय सीता पौडेल, सहकारीवाट ऋण लिई कृषि ब्यबसायबाट राम्रो आय गरेकी इन्दिरा थापा बास्तोला लगाएतलाई पुरस्कृत गरिएको थियोे ।

संस्थाका अध्यक्ष मिनबहादुर बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव तिलबहादुर आचार्यले र संचालन सचीव प्रेमराज पौडेलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...