फिलिपिन्समा बाढी र पहिरोमा परी ११० भन्दा बढी व्यक्तिको अवस्था अज्ञात

४ वैशाख : फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेका र यी व्यक्तिको अवस्था अज्ञात रहेको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरुको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयंसेवकहरु र स्थानीयवासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा कम मात्र रहेको जनाइएको छ ।

यद्यपी यस बाढी पहिरोको कारण परी आइतबारसम्म ज्यान गुमाउनेको संख्या १७० भन्दा बढी पुगेको छ । मेगी आँधीबाट सबैभन्दा प्रभावित लेटेकोमध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ ।

यसवर्ष फिलिपिन्समा आएको शक्तिशाली आँधीले केही दिनमा हजारौैँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित पारेसँगै यहाँ हरेक वर्ष आँधीले तहसनहस पारेको छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...