बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज

काठमाडौं, १५ वैशाख । स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिएका र विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकाहरुको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगका अनुसार करीब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो ।

उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि वा प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवार कायम रहेको महसुस गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...