अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा गर्नुभएको हो ।
प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । केही दिनयताको सो हिंसात्मक आक्रमणमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए ।
युनियनका अध्यक्ष माहमतले यसरी सर्वसाधारण नागरिक तथा बालबालिकालाई तारो बनाएर हमला गर्नु भनेको अन्तर्राष्टिय कानुनको उल्लङ्घन हो भन्दै यस्ता कार्य तत्कालै रोक्न आग्रह गर्नुभएको छ ।
सो विज्ञप्तिमा उहाँले यहाँको यो आक्रमण तत्कालै बन्द गरी अन्तर्राष्टिय समुदायको समेत सहभागितामा दिगो समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
उता संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले पनि गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिला लगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताउनुभएको थियो ।
महासचिव गुटर्रेस र युनियनका अध्यक्ष माहमतले हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न सबैसँग आग्रह गर्नुभएको थियो ।