पोखराका ३३ वटै वडामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण सुरु

पोखरा, भदौ २९ गते ।पोखरा महानगरपालिकाका ३३ वटै वडाहरूमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण सुरु गरिएको छ । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीको संयुक्त आयोजनामा बुधवार एक कार्यक्रमका बिच महानगरका १६ वटा वडाका १९९ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको छ ।

पोखरा सभागृहमा आयोजित कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुंग, भुमि आयोगका अध्यक्ष गंगा पोखरेलले संयूक्त रुपमा निस्सा विरतरण गर्नभयो । एक्कै पटक निस्सा वितरण कार्यक्रमको सुरुवात गरिएको बाँकीलाई  अव वडाबाटै वितरण गरिने महानगरका उपप्रमुख मञ्जुदेवी गुरुगले जानकारी  दिनुभयो ।

 

पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा वडा नं।१, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ नं। का प्रतिनिधिमूलक रूपमा १९९ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको हो । यसअघि महानगरको वडा नं।६, ९, १४, २५, ३२ र ३३ मा निस्सा वितरण गरिसकिएको छ ।

 

पोखरा महानगरपालिकामा १९ हजार ८ सय ५६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु सूचीकृत भएका छन् । उनीहरू मध्ये ७ हजार बढी निस्सा वितरणका लागि राष्ट्रिय भूमि आयोगको केन्द्रीय सर्भरमा सूचीकरण भैसकेका छन्, भने बाँकी सूचीकरणको क्रममा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...