राजनीति बिकृति र विसंगति विरुद्ध मेरो उम्मेदवारीः ढकाल

तनहुँ ; नेकपा एकीकृत समाजवादीका नेता विद्यानाथ ढकालले राजनीति बिकृति र विसंगति विरुद्ध आफूले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन् । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि ढकालले तनहुँ क्षेत्र नं. १ ‘क’बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।
भानु १ भन्सारमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले नेपालको राजनीति गलत बाटोबाट अगाडि बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ‘राजनीतिलाई सही बाटोमा अगाडि बढाउन मैले उम्मेदवारी दिएको हुँ ।
कलम चिन्हमा मतदान गरी तनहुँ क्षेत्र नं. १ ‘क’का जनताले आफूलाई विजयी गराउनेमा विश्वस्त रहेको ढकालले बताए ।
राष्ट्रियता र जनताका पक्षमा काम गर्ने र भ्रष्टाचारका विरुद्ध खबरदारी गर्न आफू विजयी हुनुपर्ने ढकालले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...