देउसी खेल्न जानेक्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-१ बाघचौरमा देउसी खेल्न जानेक्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।

बाघचौरका ४१ वर्षीय सुकमान गोले भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा गएराति हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...