आतङ्कवादी हमलामा परी दुई प्रहरीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको दक्षिण भागमा पर्ने वजिरिस्तान जिल्लामा मङ्गलबार राति भएको आतङ्कवादी हमलामा परी कम्तीमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

अज्ञात आतङ्ककारीहरूले मध्यरातमा यस जिल्लाको रघजाई क्षेत्रको एक प्रहरी चौकीमा आक्रमण गरेका र परिणामस्वरूप प्रहरीहरु हताहत भएका सञ्चार माध्यमले जानकारी दिएको छ ।
आतङ्ककारीहरूले एम्बुलेन्स र प्रहरी चौकीमा आगजनी गरेका र चौकीबाट दुई दर्जनभन्दा बढी मेसिनगन, एक थान हलुका मेसिनगन र फिल्डर कारसमेत चोरी गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...