इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीको हात छ : राष्ट्रपति एर्डाेगान

टर्कीको स्तानबुलमा भएको आक्रमण आतङ्ककारीहरुले गराएको टर्कीको आशङ्का रहेको छ । यहाँका राष्ट्रपति रिसेप तैयप एर्डाेगानले सो कुरा बताउनुभएको हो ।
उहाँले यो कार्य आतङ्ककारीहरुबाट भएको हो र यो आतङ्ककारी कार्य हो भन्नुभयो । आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उहाँले भन्नुभएको छ– अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ेककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उहाँले जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि इस्तानबुलमा आयोजित सो पत्रकार सम्मेलनमा उहाँले सो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले यो आक्रमणको पूर्ण अनुसन्धान त जारी नै छ तर अहिलेसम्मको अवस्था हेर्दा कुनै एकजना महिलाले आत्मघाती हमला गराएको जस्तो देखिएको पनि बताउनुभयो ।
टर्कीको इस्तानबुल सहरमा आइतबार अपराह्न बम आक्रमण भएको थियो । अज्ञात व्यक्तिबाट भएको सो हमलामा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ भने अरु ५३ जना घाइते भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...