शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ कायम छ । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ५ रुपैयाँ कायम रहेको थियो ।
