पोखरा महानगरमा घाँस खेती गर्ने किसानलाई अनुदान

पोखरा, असार २८ गते । पोखरा महानगरपालिका वडा नम्बर २७ का कृष्णहादुर चोचांगी  बिहिबार प्रफुल्ल मुद्रामा भेटिए । आफूले ३० रोपनी जग्गामा सघन प्रजातिको घाँस उत्पादन गरेवापत महानगरबाट ७८  हजार ४ सय  रुपैयाँ अनुदान पाएपछि उनी मख्ख थिए ।

जलजला कृषि मल्टि एग्रगो फर्म सञ्चालन गरेर उनले तीन वर्षदेखि घाँस खेती गर्दै भएका छन । उनले ४० रोपनीमा खेती गरेपनि ३० रोपनीका अनुदान पाएका हुन् । उनले अनुदान पाएपछि भने,“यो चोखो अनुदान हो । महानगरलाई धन्यबाद । किन भन्दा घाँस महानगरले लादैन । पैशा पनि घाँस पनि दिनुभयो, घाँस फार्मको लागि भयो पैशापनि भयो ।” उनले किसानको माग अनुसार थप राहत दिएर अगाडी बढने हौसला बढने बताए । उनले अघिल्लो वर्ष १२ रोपनीमा लगाएर २७ हजार पाएको तर अहिले ३० रोपनीमा घाँस खेती गरेको बताए ।

 

 

कृष्णहादुर चोचांगी जस्तै सघन घाँस खेती गर्ने पोखरा महानगरभित्रका ७० जना किसानले  महानगरबाट अनुदान पाएका छन् । ७० जना किसानलाई महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदास, पोखरा २६ का वडा अध्यक्ष पूर्णबहादुर गुरुङ, कार्यपालिका सदस्य निर्मला पौडल र महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ९ लाख रुपैयाँ अनुदान वितरण गरे ।

 

 

महानगर पशु सेवा शाखाकाअनुसार प्रति तीन रोपनी क्षेत्रफलभन्दा माथि सघन घाँस उत्पादन गर्ने किसानले प्रति रोपनी २६ सय हजारका दरले अनुदान पाएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताए ।

 

 

अनुदार वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताइन् । उनले पोखरा पर्यटकीय क्षेत्र भए पनि कृषिमा पनि उत्तिकै सम्भावना रहेको सुनाइन् । ‘यहाँको कृषि क्षेत्रलाई सुधार्न घाँस र बिउसँगसँगै उत्पादन गर्नुपर्दछ,’ उनले भनिन् ।

 

उपप्रमुख गुरुङले पोखरा महानगरले कृषिलाई प्रोत्साहन गर्न अनुदान, कृषि एम्बुलेन्स सञ्चालन लगायतका कार्यक्रम ल्याएको समेत जानकारी दिइन् । उनले रकम थोरै भएपनि किसानलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको बताइन् ।पोखरा महानगरपालिका वडा नम्वर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङले अझै पनि किसानको मुहारमा चक ल्याउन नसकेको बताउदै किसानमैत्री कार्यक्रम ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

 

कार्यपालिका सदस्य निर्मला पौडेलले कृषकहरुलाई उत्साहित भएर खेती गर्न आग्रह गर्दै विरामी भैसी र गाईको दुध विक्री विरण नगर्न आग्रह गरिन् ।घाँस किसान कृष्णबहादुरा चोचांगीले फर्म सञ्चालनका लागि घाँसमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । उनले

 

पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले कृषि उत्पादन बढाउन किसानकै मागका आधारमा महानगरले अनुदान कार्यक्रम ल्याएको बताए ।कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका शम्भुराज पाण्डेले घाँसमा अनुदान कार्यक्रम प्रभावकारी रहेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...