जनता राज्य मिले राज्यको समस्या हल हुन्छ : मन्त्री सिंखडा 

पोखरा । सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुन्छ । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले धारणा राखिन । 
 
‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो,‘उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै काम गर्न सक्ने उनले बताइन । आफुले समाजमा भएको समस्यालाई हल गर्ने प्रतिवद्वता गरिन । 
 
‘मैले गर्नुपर्ने भुमिका निर्वाहा गर्छु,‘मन्त्री सिंखडाले भनिन,‘स्वास्थ मन्त्रालयको समन्वयमा र सहयोग औषधी आएको छ यो हाम्रो दायित्व हो ।’ 
 
सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका स्वास्थ सचिव बिनोद बिन्दु शर्मा यस्तै संस्था कास्की मात्र नभएर अन्य जिल्लामा पनि भएको जानकारी दिए ।

 

 

 
जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री आचार्य ३३ प्रकारका मानसीक रोग सम्बन्धी र अन्य गरेर ३९ प्रकारका औषधी दिएको जानकारी दिए । करिब १ वर्षको लागि पुग्ने औषधी भएको उनले बताए ।  

 

 

प्रदेश आपूर्ति केन्द्र, गण्डकी प्रदेश औषधी व्यवसायी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की सहयोगमा औषधी दिएको हो । मानव सेवाआश्रम कास्की जिल्ला संयोजक सदिश पुनले १ सय परुष र ६७ महिलालाइ अहिले मानव सेवा आश्रममा रहेको बताए । 
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...