पाेखरा महानगर लेखा समितिकाे बैठक, शाेक प्रस्ताव पारित

पाेखरा, साउन १७ गते ।पाेखरा महानगरपालिका सार्वजनिक लेखा समितिकाे मंगलबार  बसेकाे छ ।महानगर लेखा समितिका संयाेजक झपटबहादुर रानाभाटकाे अध्यक्षतामा बसेकाे २८ आै बैठकले शाेक पारित  गरेकाे छ ।

लेखा समितिका सदस्यसचिव एंव महानगर आन्तरिक लेखा परिक्षक शाखा प्रमुख राेमनाथ उपाध्यायकि आमाकाे निधनप्रती लेखा समितिले शाेक प्रस्ताव पारित गरेकाे हाे ।

 

 

उपाध्यायकि ममतामयि आमाकाे ७८ वर्षकाे उमेेरमा साउन ९ गते भएकाे निधनले मर्माहत भएकाे उल्लेख गर्दै दुखद घडीमा दिवंगत आमा प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारप्रती धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त भन्दै शाेक प्रस्ताव पारित गर्दछ बैकले निर्णय गरेकाे छ ।

 

 

बैकमा लेखा समिति सदस्य बलराम पाैडेल, विष्णुमणी बराल, दुर्गा थापा केसी  र जिविस कास्कीका पूर्वसभापति पुण्यप्रसाद पाैडेल, पूर्व जनप्रतिनिधि रामबहादुर गुरुङ र मित्रबन्धु पाैडेलकाे उपस्थित रहेकाे थियाे ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...