नवप्रभातमा फेवा फिष्टेल सिटीद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

पाेखरा, साउन १८ गते ।लायन्स क्लब अफ पोखरा फेवा फिष्टेल सिटीको आयोजनामा  पोखरा-९ नयाँबजार अवस्थित नवप्रभात मा.वि.का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण  गरेको छ ।


क्लवका अध्यक्ष जनार्दन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२५ एल का द्वितीय उपाध्यक्ष तथा क्लब सस्थापक अध्यक्ष एकनारायण शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशेष अतिथिहरु को-चिफ एडभाइजर बाबुराम अधिकारी, नवप्रभात मा.वि.का विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष प्रीती पाण्डे रहनु भएको कार्यक्रम लाई विद्यालयका प्रधानाध्यापक माया कुमारी थापाले स्वागत मन्तव्य दिनुभएको थियो

डिष्ट्रीक फाइनानशियल एडभाइजर केदार ढकाल, डिपर्टमेन्ट चिफ झम्कनाथ पोख्रेल, पिआरओ तथा क्लबका नि. अध्यक्ष गिरिधारी पोख्रेल, कार्यक्रम संयोजकहरु महेशकुमार सिग्देल ( क्लब प्रथम उपाध्यक्ष तथा यसै विद्यालय ब्यवस्थापन समितिका सदस्य ) र यम जे अफ केशवप्रसाद रेग्मी, क्लब तृतीय उपाध्यक्ष यमप्रसाद पौडेल, क्लब एड्मिनिष्ट्रेटर धर्मदत्त शर्मा, क्लब डाइरेक्टर दिपक पौडेल, विद्यालयका शिक्षक/शिक्षिकाहरु र विद्यालयका विद्यार्थीहरुको सहभागीता थियो ।

 

 

प्रमुख अतिथि शर्माले विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरी सुरुभएको कार्यक्रमलाई कार्यक्रम बारे महेशकुमार सिग्देलले प्रकास पार्दै विशेष अतिथि समितिका अध्यक्ष प्रीति पाण्डेले शुभकामना मन्तव्य राख्नु भएको थियो भने लायन संस्था र सामाजिक कार्यमा लायनको भूमिकाको बारेमा प्रमुख अतिथिले आफनो धारणा राख्दै कार्यक्रमका अध्यक्ष जनार्दन सुवेदीले कार्यक्रम संयोजक द्वय सिग्देल र रेग्मीलाई विशेष धन्यवाद दिदै विद्यालयलाई सदैव क्लवले साथ दिने र सम्पूर्ण यस कार्यक्रममा उपस्तिथि जनाउनु हुने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।विद्यालयको सभाहलमा भएको कार्यक्रम सचिव कृष्ण पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...