महानगर लेखा समिति सदस्य पौडेलकी आमाको निधनमा शोक प्रस्ताव पारित

पोखरा, साउन २३ गते ।पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिको २९ औ बैठक मंगलबार बसेको छ ।महानगर लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा  बसेको बैठकले शोक पारित गरेको छ । महानगर लेखा समितिका सदस्य रामजी प्रसाद पौडेलकी ममतामयी आमा द्रोपति पौडलेको ८९ वर्षको उमेरमा साउन १६ गते निधन भएको हो ।

बैठकले आमा द्रोपतिको निधनले सार्वजनीक लेखा समिति मर्माहत भएको जनाउदै दुुःख घडीमा दिवंगत आमा प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारप्रती धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

 

बैकमा लेखा समिति सदस्य बलराम पौडेल, विष्णुमणी बराल, दुर्गा थापा केसी र सदस्यसचिव रोमनाथ उपाध्यायको उपस्थित रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...