आज तमु समुदायको सांस्कृतिक पर्व ट्हाेटे

पाेखरा, साउन ३० गते ।आज तमु समुदायको सांस्कृतिक पर्व ट्हाेटे । पाेखरेली तमु समुदायले आफनो सांस्कृतिक पर्व ट्होटे धुमधामसंग मनाउदै छन् ।

तमुहरुको राजधानीका रुपमा चिनिने पोखरामा हर्सोल्लासका साथ ट्होटे पर्व मनाउने गरिन्छ  । विगतमा गाँउ घरमा भुतप्रेत धपाउने र रोग ब्याधि नलागोस भन्ने उद्देश्यले सो पर्व मनाउने चलन रहेको थियो ।

 

 

विगत केही वर्षयता देशमा मौलाएको विकृति, विसंगती र भष्ट्राचारको अन्त्यको माग गदै पर्व मनाउन थालिएको छ । तमु जातिको मौलिक साँस्कृतिक पर्व ट्होटें तमुहरुले वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैत्रको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा मनाउने गर्दछन । गुरुङ भाषामा ट्होटेंको शाब्दिक अर्थ ट्हो भनेको गाँउ बस्ती र टें भनेको शत्रु धपाउने भन्ने वा शत्रु धपाएर समाज सुरक्षित राख्ने भन्ने बुझिन्छ ।

 

 

ट्होटे मनाउन कास्कीका तमुहरु पोखराको रानिपाैमा  भेला भई विभिन्न झाँकी बाजागाजा सहित तमु धिं नेपालको प्राङण नयाँबजारमा पुगेर  कार्यक्रममा परिणत हुने छ ।

 

 

तमु धिं नेपालले २०५२ सालदेखि पोखरामा संस्थागत रुपमा ट्होटें मनाउन थालेदेखि साँस्कृतिक पर्वको संरक्षण, तमु जातिको एकता र गुरुङ भेषभुषाले प्रचार प्रसार भएको तमु धिं नेपालले दावी गरेको । तमु धिं नेपालका ५० वटा तमु समाजहरु, तमु धिं अन्र्तगतको तमु विद्यार्थी समिति, गुरुङ युथ फोरम, आमा समिति, नारी समिति लगायतकाे सहभागीता रहनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...