किसान महासंघले पोखरा महानगरमा बुझायो २३ बुदे ज्ञापनपत्र

पोखरा, भदौ १ गते । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीले विभिन्न २३ बुदेँ माग सहित पोखरा महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

महासंघले शुक्रबार देशभरका पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्र्तगत पोखरा महानपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ समक्ष महासंघ कास्कीका इन्चार्ज चुडामणी बराल, कास्की अध्यक्ष देवेन्द्र राज शर्मा, सचिव सन्तोष भण्डारीले ज्ञापनपत्र बुझाए । लम्पी स्कीन रोगलाई महामारी घोषणा गरी द्रुत गतिमा उपचारद्धारा रोगको नियन्त्रण गर्न, किसानलाई राहत क्षतिपुर्ति र पूनःस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्व घोषणा गनुपर्ने, मरेका पशुको बिमा भुक्तानी तत्काल गर्नुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाइएको छ ।

 

 

त्यस्तै तरकारी तथा फुलफुल बजार विकास समितिमा ५० प्रतिशत किसानको सहभागितामा सुनिश्चित, स्थानीय, प्रदेश र संघीय सरकारले कृषि जन्य वस्तुमा बृद्धि गरेको कर छुट गर्नुपर्ने बाँदर लगायतका वन्यजन्तुद्धारा बालीमा क्षती पु¥याएका किसानलाई राहत प्याकेजको व्यस्था मिलाउन किसान महासंघ कास्कीका अध्यक्ष राज शर्माले आग्रह गरे । पालिकाको नीति तथा कार्यक्रममा कुल बजेटको २० प्रतिशत रकम कृषिमा विनियोजन गर्न माग गदै वास्तविक किसानका लागि आवश्यक रासायनिक मल, उन्नत विउ विजनको सहज व्यवस्था मिलाउन अनुरोध गरे । किसान महासंघ कास्कीका इन्चार्ज चुडामणी बरालले उन्नत कृषक पाठशाला व्यवस्था तथा एक वाड एक कृषि प्राविधिकको व्यवस्था गर्न माग गरे ।

 

त्यस्तै महासंघले कृषका लागि कृषि औजारमा ९० प्रतिशत अनुदान र ठाँउठाँउमा कृषि संकलन केन्द्रको व्यवस्था गर्न तथा किसानलाई उत्पादन गरेको आधारमा हिउँदे बालीमा ५० प्रतिशत अनुदानको व्यवस्था मिलाउन स्थानीय सरकार पोखरा महानगरसंग माग गदै ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र बुझदै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगर किसानका मागका विषयमा गम्भिर रहेको बताउदै २३ बुदाँ मध्य धेरै पुरा हुने चरणमा रहेको र अन्य मागका विषयमा गम्भिर ध्यानाकर्षण भएको बताउदै किसानसंग जोडिएका विषयमा सरोकारवालासंग मिलेर काम गर्न तयार रहेको बताइन् ।

 

महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले कृषि अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको बताउदै यसले गर्दा पनि अहिलेको समस्या समाधानमा असहजता देखिएको बताए । उनले महानगरले भुमि बैंकको लागि योजना बनाएको बताए । उनले भुमि बैंकको योजना बनेको छ ,सबै तयार हुनुहुन्छ । कार्यपालिकाबाट पास हुन्छ त्यस अगाडी सरोकारवाला निकायसंग छलफल गछौँ ।

 

पोखरा महानगर पशु शाखा प्रमुख नवराज अधिकारीले पोखरामा हालसम्म लम्पी स्कीनले ५०८ वटा पशु मरेको जानकारी दिदै १३ हजार ७२ पशु विरामी रहेको बताए ।गत वर्षमा पोखरा महानगरमा २०५४ फर्म दर्ता भएको र ८१८ किसानलाई कार्ड वितरण गरेको जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...