भड्किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई फिक्का: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तीजमा पर्वमा देखिने भड्किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई फिक्का बनाउने बताएकी छन् ।

हरितालिका तिजको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले चाडपर्वहरूसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गति न्यून गर्न सबैले क्रियाशील रहनुपर्ने बताएकी छन् ।

तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता र पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन सहयोग गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

उनले सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृति जगेर्ना गर्दै पुस्तान्तरण गर्न मौलिक चाडपर्वको गरिमालाई सधैँ उच्च राख्नुपर्ने बताएकी छन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...