चिकित्सक कुटिने क्रम रोकिएन, सुुरक्षाको माग गर्दै फेरी सडकमा चिकित्सक

पोखरा, असोज ९ गते । देशका विभिन्न अस्पतालमा चिकित्सकमाथि कुटपिट गरेको विरोधमा चिकित्सकहरु फेरी सडकमा आएका छन् । चिकित्सकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण भएको भन्दै सुरक्षाको माग राख्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुुन ।

चिकित्सकहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् । प्रदर्शनमा पाटन अस्पताल, वीर अस्पताल लगायत काठमाडौं‌ उपत्यकाका चिकित्सकहरू सहभागी रहेको छ ।

 

सोमबार राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड समेत गरेका थिए । चिकित्सकलाई कुुटपिट गरेको आरोप प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पोखरा ५ मालेपाटनका विनय गुुरुंगलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

 

त्यस्तै, आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका, ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले चिकित्समाथि कुटपिट गरेका थिए । कुटपिट गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको छ ।

 

यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना चिकित्समाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलनमा उत्रेका थिए ।

 

चिकित्सहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...