काठमाडौँ, असोज १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले भेटवार्ता गर्नुभएको छ ।
उहाँले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ १३ गतेदेखि सुरु भएको एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको सचिवालयले जनाएको छ ।
यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेट भएको छ । एमाले मुख्यालय च्यासमा अध्यक्ष ओली र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की प्रमुख कार्यकारी अधिकृत ९सिइओ० एलिस अलब्राइटले भेटवार्ता भएको हो ।